सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ : कुलमान घिसिङ

नेपालभ्युज

सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए ।

त्यस्तै, विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनले बताए ।

उनले भने– ‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोसन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउन लगानीसँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतीय सवारी साधन प्रयोग गरिदिनु हुन सबैलाई आग्रह गर्दछु । विद्युतीय सवारी साधन प्रयोगले दुईवटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । जबकि पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०-१२ रुपैयाँ पर्छ । र गाडीहरूमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा ६० पैसादेखि ९० पैसाको हाराहारीमा मात्रै ।

उनले थपे, ‘पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ । पेट्रोल, डिजेलको गाडीले जुन प्रदूषण आइरहेको छ, शहरहरूमा ।विद्युतीय सवारी साधन चल्दाखेरी त्यो प्रदूषण पनि हट्छ । वातावरण र स्वास्थ्यको हिसाबले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved