पीएनजीविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ भएपछि भावुक बने सन्दीप

नेपालभ्युज

पीएनजीविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ भएपछि भावुक बने सन्दीप

काठमाडौं। राष्ट्रिय टोलीमा पुनरागमनपश्चात विश्वकप क्रिकेट लिग–२ मा आफ्नो तेस्रो फाइफर (५ विकेट) पुरा गरेका सन्दीप लामिछाने पीएनजीविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’  भए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार प्लेयर अफ द म्याचको उपाधि लिने क्रममा सन्दीप निकै भावुक भए ।

कुराकानीका क्रममा सन्दीपले आँशु थाम्न सकेनन् । उनले भने, ‘यो मेरो लागि निकै भावुक क्षण हो । फेरि पनि फाइफरको प्रयास गर्नेछु। देशको लागि आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गरिरहनेछु ।’

सन्दीपले आफ्नो फाइफरको श्रेय ललितलाई दिए । ‘मैले बलिङ सुरु गर्दा वातावरण अनुकुल भइसकेको थियो । त्यसको श्रेय ललितलाई जान्छ । नेपाली टोली भरपर्दो लेफ्ट आर्म स्पिनरको खोजीमा थियो । यस्तो अवस्थामा ललित टोलीको लागि विश्वासनीय खेलाडी बनेका छन्।’ उनले भने।

ललितले सन्दीपसँगको साझेदारी निकै फलदायिक हुने पनि बताए । ‘सन्दीपसँग साझेदारी गरेर एक अर्काको भूमिका बुझेर खेल्दा टोलीलाई सहज हुने गर्दछ। कसले रन रोक्ने र कसले विकेट लिने भन्ने स्पष्ट भएर बलिङ गर्दा प्रदर्शनमा मद्दत पुग्छ।’, ललितले भने ।

एकदिवसीयमा ९८ विकेट लिएका सन्दीपले अर्को खेलमा १ सय विकेट नघाउन प्रयास गर्ने बताए ।  अहिलेको अवस्थामा टोलीमा हरेक खेलाडीले एक अर्कालाई समर्थन गरिरहँदा वातावरण निकै अनुकुल भएको उनले बताए ।

‘प्रशिक्षक मोन्टी देशाईंले टोलीमा सकारात्मक वातावरण बनाएका छन्। जसले हरेक खेलाडीलाई टोलीमा आफ्नो भूमिका पहिचान गर्न सहज भएको छ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved