नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे हुने

नेपालभ्युज

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे हुने

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण भोलि दिउँसो १ बजे शीतल निवासमा हुने भएको छ ।

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि विशेष समारोहको आयोजना गरेको र सोहीअनुसार विशिष्ट र पाहुनालाई खबर गरिएको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भोलि सकिनेछ ।२०७४ फागुन ३० गते भण्डारीले राष्ट्रपतिको रूपमा शपथ लिएर कार्यभार सम्हाल्दै आएकी थिइन्।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

नेपाली कांग्रेसका नेता पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए ।

गठबन्धनका १० दलको समर्थन पाएका पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved