छाती जल्ने समस्याको आयुर्वेदिक उपचार

नेपालभ्युज

छाती जल्ने समस्याको आयुर्वेदिक उपचार

एजेन्सी। छाती जल्ने वा मुटु जल्ने भनिन्छ, जो अपचको एउटा प्रमुख समस्या हो । यो एक प्रकारको पाचन डिसअर्डर हो । यो आमरूपमा अत्यधिक खानपिन गर्दा, मसालेदार खाँदा वा जंक खानाहरू खाएको बेला हुने गर्दछ ।

यस्तो एसिड उत्पन्न हुँदा हुने समस्यालाई आयुर्वेदिक तरिकाले उपचार गर्न सकिन्छ । जसलाई तपाईंले घरमै भएका सामग्रीबाट गर्न सक्नुहुन्छ ।

उपचार विधि र सामग्री

अदुवा

अदुवामा एन्टिइन्फ्लेमेटरी गुण पाइन्छन् जसले पेटको अन्न प्रणालीमा हुने सुजनलाई कम गर्दछ । यो पेटमा एसिड हुने प्रक्रियालाई पनि कम गर्दछ । छाती जल्ने समस्यामा तपाईं अदुवाको सानो टुक्रालाई चबाउन सक्नुहुन्छ वा चिया बनाएर पिउनु सक्नुहुन्छ।

एलोभेरा

एलोभेराले तपाईंको पेटलाई शीतलता दिने काम गर्छ । यसले जलनलाई कम गर्ने काम गर्दछ । यस्तो समस्यामा तपाईं एलोभेराको जुस पिउन सक्नुहुन्छ वा एलोबेराको सप्लिमेन्ट पनि लिन सकिन्छ।

सोंफ

पेट फुल्ने समस्यामा सोंफ एकदमै लाभदायक हुन्छ । यसले पाचनलाई प्रभावकारी बनाउनुका साथै पेटमा एसिडको उत्पादनलाई कम गर्न पनि मद्दत गर्दछ । पेटमा शीतलता पाउन सोंफ चबाउन वा चिया बनाएर पनि पिउन सकिन्छ ।

त्रिफला

त्रिफला, तीनवटा फल– अमला, हर्रो र बर्रोको समीश्रण हो । जसको स्वास्थ्यमा कैयौं फाइदाहरू छन् । यसले पाचन क्रियामा सुधार ल्याउँछ । त्रिफलाको धूलो पानीसँग खान वा चिया बनाएर पनि पिउन सकिन्छ ।

छाती जल्ने समस्यामा खान नहुने कुरा

– छाती जल्ने समस्या हुने गर्दछ भने मसालेदार खानेकुराहरू खानु हुँदैन । यसले जलनको समस्यालाई अझ बढाउने काम गर्दछ ।

– यस्तो अवस्थामा तारेको खानेकुराहरू पनि खानु हुँदैन । यसले पेटमा झन् धेरै एसिड जम्मा गराउने गर्दछ ।

– छाती जल्ने समस्या भइरहेका बेला अमिलो फलहरू खानबाट जोगिनुपर्दछ । अमिलो पदार्थले एसिड बढाउन सहयोग पुग्दछ । जसले समस्या बढेर जान्छ ।

छाती जल्ने समस्या के खाने ?

– दलिय तथा ओट्समा फाइबरको मात्रा धेरै हुने भएकाले यो सेवन गर्नु उचित हुन्छ । यसलाई पचाउन पनि सजिलो हुन्छ ।

– केरामा एसिड कम हुन्छ जसले गर्दा एसिड उत्पादनलाई कम गर्न मद्दत पुग्दछ ।

– हरियो तरकारी जस्तैः ब्रोकाउली, सिमी, सागहरूमा फाइबर धेरै पाइन्छ जसले पाचनलाई नियन्त्रित गर्दछ ।

– अन्य मासुको तुलनामा चिकेन, माछा जस्ता लिन प्रोटिनहरूमा फ्याट कम हुने भएकाले यो पनि सेवन गर्न सकिन्छ ।

– प्रशोधन नगरिएका खानेकुराहरू जस्तै चोकर सहितको पिठो, ब्राउन राइस, गहुँको बे्रड जस्तो फाइबर धेरै भएका खानाहरू खानुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved