नेपालको एकदिवसीय वरियतामा सुधार

नेपालभ्युज

नेपालको एकदिवसीय वरियतामा सुधार

काठमाडौं। नेपालको एकदिवसीय वरियतामा २ स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १७ औँ स्थानमा उक्लिएको हो।

पछिल्लो समय विश्वकप क्रिकेट लिग–२ मा नेपालको निरन्तर राम्रो प्रदर्शनसँगै नेपाल १९ औँ स्थानबाट माथि उक्लिएको हो।

अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यू गिनी पीएनजी भने २० औँ स्थानमा रहेका छन्। एकदिवसीय वरियतामा भारत पहिलो, अष्ट्रेलिया दोस्रो र न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेका छन्।

नेपालले पछिल्ला ८ मध्ये सात खेलमा जित हात पारेको थियो । बिहीबार देखि हुने लिग–२ को अन्तिम ४ खेलमा नेपाल, यूएई र पीएनजी आमने सामने हुँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved