माओवादीलाई नै साक्षी राखेर परिवर्तन उल्टाउने षड्यन्त्र हुँदैछ : पौडेल

नेपालभ्युज

माओवादीलाई नै साक्षी राखेर परिवर्तन उल्टाउने षड्यन्त्र हुँदैछ : पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको उनको भनाइ थियो।

‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरूले हामीलाई कमजोर बनाउने खेल भइरहेको छ’ उनले भने–‘अदालतको मुद्दा प्रकरण त्यसैको संकेत हो। हामी यसको प्रतिवाद गछौं।’

प्रचण्डले २०७६ मा बोलेको त्यो राजनीतिक भाषणलाई अदालतमा लैजानु गम्भीर त्रुटि भएको भन्दै उनले शान्तिप्रक्रियाका विषयहरू टुंग्याउन माओवादीहरू एक ठाउँमा आउनुको विकल्प नभएको पनि जिकिर गरे।

प्रधानमन्त्री प्रचण्ड र माओवादी पार्टीमाथि षड्यन्त्र भइरहेको भन्दै उनले यसको प्रतिवादका लागि माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए।

‘शान्तिप्रक्रियामा भूमिकै नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्’ उनले भने–‘बृहत् शान्ति सम्झौता, गणतन्त्र र यो संविधान उनीहरुलाई रुचेको छैन।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved