पानीको भरपर्दो स्रोत खोज्दै टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

कीर्तिपुर। साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन्। यी चराहरू वैशाखसम्ममा फर्किसक्छन्। त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ ।

‘पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो’, टौदह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्छन्, “बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।”

हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर, कुनै बेला पानीले ढाकेका स्थान मात्रै एक सय १२ रोपनी थियो । जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उनको भनाइ छ ।

बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गत पर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुक्खायाममा सतह घटदै जान्थ्यो र अर्को वर्षामा फेरि उसै गरी सतह बढने क्रम हुन्थ्यो ।

करिब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमिनमाथि कङ्क्रिटका संरचना थपिँदैछन् । जसले स्वाभाविक रूपमा टौदहमा जमिन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदैछन् ।

कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खाने पानी पुर्‍याउनकै लागि ठिक्क बन्दैछन् । अनि नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढदै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दैछन् ।

“खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमिनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न”, आचार्य भन्छन्, “घना हुँदै गरेको बस्ती बीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने सोझै दहमा पढाउँदा दह आश्रित् माछालगायतका जलचर र चराचुरुङ्गी लगायतका प्राणीलाई असर पुग्नसक्छ ।”

कुनै पनि कारणले दहको पर्यावरण खलबलिएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उनको चिन्ता छ । टौदहमा पानीको कुनै स्थायी स्रोत विगतमा थियो कि ? वा अहिले पनि भूमिगत रूपमा त्यस्तो स्रोत छ कि भन्ने अनुमानका आधारमा अध्ययन नभएको होइन । तर कतैबाट त्यस्तो सङ्केत पाइएको छैन । त्यसो भए कहाँबाट पानी आएर टौदह बन्न पुग्यो होला ?

सीमितरूपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रूपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ ।

त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविकविविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उनको सुझाव छ ।

किंवदन्तीअनुसार भगवान कृष्णले दहका रूपमा काठमाडौं उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले । त्यसपछि कृष्णले ती नागहरूलाई आश्रय दिन टौदह सृष्टि गरेका हुन् । त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामा परिणत भएको कथन त्यहाँ छ ।

भूगोलका शिक्षकसमेत रहेका आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको एउट अक्स बो लेक (गो खुर ताल) हुनसक्ने बताउँछन्।

नदी बाङ्गो गरी बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ । यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार वर्षे पानी नै हो । त्यही कारण टौदहको क्षेत्रफल पनि सधैंभरि एक नाशको छैन ।

यसरी पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ । पानी कम भएको बेला अक्सिजन नपुगेर कैयौँ माछा मरेका छन् । गत वर्ष मात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरिएको थियो।

माछा मार्न प्रतिबन्धित हुनु र बौद्ध धर्मावलम्बीले माछाको भुरा अनगिन्ती सङ्ख्यामा ल्याएर छोडिरहँदा दहले नै थाप्न नसक्ने गरी माछा बढेका थिए । एउटै माछा नौ किलोसम्मको फेला परेका आचार्य बताउँछन्।

असीमित रूपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रूपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ ।

त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविक विविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उनको सुझाव छ ।

कीर्तिपुर नगरपालिका-६ का अध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्षमा जस्तो टौदहले ठूलो दुःख नदिएकाले यस वर्षको सुक्खायाममा पानीको कमी नहुने उनी बताउँछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved