पतिको सम्पत्ति रोक्का माग गर्दै अभिनेत्री निशा अधिकारीले दिइन् निवेदन

नेपालभ्युज

पतिको सम्पत्ति रोक्का माग गर्दै अभिनेत्री निशा अधिकारीले दिइन् निवेदन

काठमाडौं। क्रिकेटरसमेत रहेका श्रीमान् शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गर्दै अर्को निवेदन दिएकी छिन्।

निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएको अदालत स्रोतले जनाएको छ।

‘‘अंश मुद्दासँगै निशाले सम्पत्ति रोक्काको निवेदन पनि दिएकी हुन्’’  अदालतका अधिकारीले भने।

निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटवारी झिकाउने आदेश गरेको थियो।

निशा अधिकारीले पति शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्याउँदैगर्दा उनले भने आफ्नो बचाउ गर्दैआएकी छिन्।

लामो समयको प्रेमपछि विवाह गरेको निशा र शरदको विवाह भएको आउँदो असारमा ६ वर्ष पूरा हुन्छ। मिडियामा आफ्नो समाचार आएपछि निशाले सोमबार स्ट्याटस लेख्दै दुईबीच माया र सम्मान रहेको बताएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved