अंश मुद्दा हालेकी निशा अधिकारी भन्छिन् – हामी एकअर्कालाई माया गर्छौँ

अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्याउँदैगर्दा उनले भने आफ्नो बचाउ गरेकी छिन्।

नेपालभ्युज

अंश मुद्दा हालेकी निशा अधिकारी भन्छिन् – हामी एकअर्कालाई माया गर्छौँ

काठमाडौँ। अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्याउँदैगर्दा उनले भने आफ्नो बचाउ गरेकी छिन्। लामो समयको प्रेमपछि विवाह गरेको निशा र शरदको विवाह भएको आउँदो असारमा ६ वर्ष पूरा हुन्छ।

तर विवाह भएको केही समयपछि नै शरद र निशाको सम्बन्धमा चिसो सुरु भएको आकनल तब भयो जब निशाले अंश मुद्दा हालिन्। निशा अमेरिका गएर लामो समय एक्लै बसेकी थिइन्।

त्यसयता पनि सम्बन्ध सुधार नभएको बताइएको छ।
भदौमा अंशबन्डा गरी पाउँ भनी निशाले दर्ता गरेको मुद्दामा अदालतले गत आइतबार सम्पत्ति फाँटवारी गर्न आदेश दिएपछि दुवैको सम्बन्ध भत्कने संघारमा रहेको खबर सार्वजनिक भएको छ।

मिडियामा आफ्नो समाचार आएपछि निशाले सोमबार स्ट्याटस लेख्दै दुईबीच माया र सम्मान रहेको बताएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved