हरेक निर्वाचन क्षेत्रमा संगठन बिस्तार गर्दै रास्वपा

नेपालभ्युज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ ।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।

समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ । उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved