स्पेनको टोमाटो फेस्टिभलको झल्को काठमाडौंमा, मनाइयो टोमाटो होली

नेपालभ्युज

स्पेनको टोमाटो फेस्टिभलको झल्को काठमाडौंमा, मनाइयो टोमाटो होली

काठमाडौं। स्पेनको टोमाटो फेस्टिभलको झल्को काठमाडौंमा देखिएको छ। काठमाडौंको लैनचौरमा टोमाटोको होली खेलिएको हो।

ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको छ ।

फागुपूर्णिमाको अवसरमा नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि टोमाटोको होली पनि थपिएको हो ।

स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँकेर टमाटरमै लडिबुडी गर्दै रमाइलो गर्ने  परम्परालाई होलीको अवसरमा त्यसकै नक्कल गरेर  लैनचौरमा आयोजना गरिएको टमाटरको होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved