हिरोइनको उपस्थितिमा आठ दलको बैठक बस्नु तमासा मात्रै हो– केपी ओली

नेपालभ्युज

हिरोइनको उपस्थितिमा आठ दलको बैठक बस्नु तमासा मात्रै हो– केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिरोइनको उपस्थितिमा आठ दलको बैठक बस्न थालेको भन्दै त्यसलाई ‘तमासा’ मात्रै भएको बताएका छन्।

केही दिनअघि आठ दलीय गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको उपस्थितिलाई संकेत गर्दै ओलीले यसो भनेका हुन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने–‘एकजना हिरोइनको उपस्थितिमा आठ दलको बैठक बसेको देखियो, मुलुकमा अब यस्तै तमासाहरू देखिनेछन्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धनबाट भागेको पनि बताए। उनले प्रचण्डको गतिविधिले त्यो पुष्टि गर्दै गएको र त्यसका संकेतहरू पनि देखिन थालेको आरोप लगाए।

ओलीले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं अग्रसर हुनुले त्यसको संकेत गर्ने तर्फ पनि इंकित गरे। ‘मान्छे नै नबस्ने माथिल्लो मुस्ताङमा किन विश्वविद्यालय चाहियोे ? उनले प्रश्न गरे–‘यो चीनविरुद्धको गद्दारी र होइन हाम्रो सार्वभौमसत्ता अनि स्वाधीनतालाई अश्वीकार गरेको होइन ?’

ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको आरोप लगाए । उनले मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको भन्दै प्रधानमन्त्रीकै आदेशमा विषादी परीक्षण नगर्न भनिएको हो कि भन्नेमा शंका लागेकोसमेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved