‘मलाई सुविधा पुगेन’- उपसभामुख

‘राज्यले ३६ हजार घरभाडा दिन्छ, म ४४ हजार तिरेर बस्छु’

नेपालभ्युज

‘मलाई सुविधा पुगेन’- उपसभामुख
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा प्रयाप्त नपाएको गुनासो गरेकी छन्।

शुक्रबार काठमाडौंमा ‘भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन’ नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्। उनले घरभाडामा समेत आफू ठगिएको बताइन्।

उनले पुरुष उपसभामुख हुँदा पाउँदै आएको सुविधासमेत आफूले नपाएको समेत बताइन्। ‘पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले पाएको छैन’ उनले भनिन्–‘निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर भएन।’

उनले आफू अन्याय र विभेद सहन नसक्ने सानो भुइँमान्छे भएकोले सांसद मात्रै हुँदा त्यो कुरा त्यति वास्ता नगरेको तर, भीआईपीको सुविधा प्रयोग गर्नुपर्ने बेलामा पनि व्यवहार उस्तै भएको दुःखेसो गरिन्।

उनले भनिन्–‘पुरुष उपसभामुख हुँदाखेरीचाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नुपरेको छ।’

उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताइन्।

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्नेसमेत बताइन्। उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved