काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

नेपालभ्युज

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा प्रहरीले नारायण परिश्रमीलाई सुनसरीबाट पक्राउ गरेको छ। अर्का एक आरोपी काठमाडौंबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमी र काठमाडौंको शंखमूलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ ।

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा गत मंसिर १२ गते महानगर प्रहरी प्रमुख पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए । सोही आक्रमणमा पाण्डेसहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।

महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले महानगरको उजुरीमा प्रहरीले असयोग गरेको भन्दै आएका थिए। उनले नगर प्रहरीमाथि आक्रमण गर्नेलाई खुलेआम छोडेको भन्दै आक्रोश व्यक्त गर्दै आएका थिए । यसै विषयमा उनले गृहमन्त्रीलाई समेत भेटेर सहयोग मागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved