मोरक्कोद्वारा अन्तराष्ट्रिय बजारमा २.५ अर्ब अमेरिकी डलरको ऋणपत्र जारी

नेपालभ्युज

मोरक्कोद्वारा अन्तराष्ट्रिय बजारमा २.५ अर्ब अमेरिकी डलरको ऋणपत्र जारी

रबात । मोरक्कोले अन्तरराष्ट्रिय वित्तीय बजारमा २.५ बिलियन अमेरिकी डलर ऋणपत्र जारी गरेको छ ।

मोरक्कन समाचार एजेन्सी म्यापले बिहीबार उल्लेख गरेअनुसार मोरक्कोको अर्थ र वित्त मन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १.२५ अर्ब डलरको दुई किस्तामा विभाजन गरेका छन् ।

ऋणपत्र जारी गर्ने सफलता ‘संकटको सन्दर्भमा मोरक्कन अर्थतन्त्रको लचिलोपनमा लगानीकर्ताहरूको विश्वासको प्रमाण हो,’ मन्त्री फेताहले बताएका छन् । मोरक्कन केन्द्रीय बैंकका अनुसार, उत्तर अफ्रिकी देशको अर्थतन्त्र सन् २०२२ मा १.३ प्रतिशतले बृद्धि भएको छ र २०२३ मा ३.३ प्रतिशतले वृद्धि हुने अपेक्षा पनि गरिएको छ। सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved