डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

नेपालभ्युज

डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

काठमाडौं ।  डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।

काठमाडौं बाल स्वास्थ्य संस्थानले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने, गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउने उद्देश्यले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग गरिएको डाबर नेपालले जनाएको छ ।

उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रवन्ध निर्देशक ईश्वरी राणा र नेपाल बिजनेस हेड एच. एस. बेदीले बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved