‘मेरी बास्सै’मा आठ वर्षपछि फेरि देखिए ‘माग्ने बुढा’

हास्य टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा केदार घिमिरे ‘माग्ने बुढा’ पात्रको पुनरागमन भएको छ। गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको ‘मेरी बास्सै’मा आठ वर्षपछि अभिनेता घिमिरे फेरि देखिएका हुन्।

नेपालभ्युज

‘मेरी बास्सै’मा आठ वर्षपछि फेरि देखिए ‘माग्ने बुढा’

काठमाडौं। हास्य टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा केदार घिमिरे ‘माग्ने बुढा’ पात्रको पुनरागमन भएको छ। गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको ‘मेरी बास्सै’मा आठ वर्षपछि अभिनेता घिमिरे फेरि देखिएका हुन्।

मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन्। दर्शकले एक एपिसोडमा भए पनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन्।

यो शृङ्खलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने छन्। शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवर्द्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन्। उनी अर्काै श्रृखलामा भने देखिनेछैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved