राष्ट्र बैंकले आज १५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्ने

नेपालभ्युज

राष्ट्र बैंकले आज १५ अर्ब १३ करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरीलाई केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे  बोलकबोल गर्न लागेको हो ।

ट्रेजरी मगंलबार बिक्री हुनेछ । यद्यपि, कुल ट्रेजरीमध्ये ८ अर्ब १३ करोड रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार २८ दिने ट्रेजरीको ५ अर्ब रुपैयाँ र ९१ दिनको ३ अबै १३ करोड रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ बिक्री गरिनेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।

यसअघि, केन्द्रीय बैंकले फागुन ८ गते ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved