‘आईएमई पे’ को पे विथ लिंक बैंक सुविधा

नेपालभ्युज

‘आईएमई पे’ को पे विथ लिंक बैंक सुविधा

काठमाडौं। आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ ।

‘आईएमई पे’का अनुसार यस सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आईएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

सो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत रू. १००/– र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको ‘आईएमई पे’ ले जनाएको छ ।

त्यस्तै, टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रू. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुने पनि ‘आईएमई पे’ले जनाएको छ ।

थप गरिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्ने र ठूलो रकमको भुक्तानीमा पनि सीधै पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिने ‘आईएमई पे’ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved