प्लेन्टिले नेपालमा पनि शाखा खोल्यो

नेपालभ्युज

प्लेन्टिले नेपालमा पनि शाखा खोल्यो

काठमाडौं । जापानमा रोजगार सम्बन्धि सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ ।

जापानमा एक दशक भन्दा बढी समय बिताएका ज्ञानेन्द्र भट्टले प्लेन्टि नेपाल शाखाको स्थापना गरेका हुन् । शंखमुलमा स्थापना भएको प्लेन्टिले जापान जाने कामदारलाई आवश्यक परामर्श निशुल्क रुपमा उपलब्ध गराउनेछ ।

प्लेन्टि नेपाली शाखाको शनिबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष रयोता अवाले उद्घाटन गरे । पछिल्लो समय जापान जाने नेपालीकामदारको संख्या बढ्दो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि शाखा स्थापना गरिएको प्लेन्टी नेपाल शाखाका प्रमुख भट्टले बताए ।

प्लेन्टिको नेपाली शाखाले जापानमा आवश्यक कामदार, कामको प्रकृति, आवश्यक कागजात, जाने प्रक्रिया लगायतका परामर्श निशुल्क रुपमा कामदारलाई उपलब्ध गराउनेछ ।

‘जापानमा दक्ष कामदारको अभाव छ । संसारभरीबाट कामदारको रुपमा जापान जानेको संख्या बढ्दो छ । तर उचित परामर्शको अभावमा धेरै पैसा खर्च गरेर जापान पुग्ने नेपाली ठगिएका छन् । त्यसैका लागि परामर्श दिने उद्धेश्यले शाखाको स्थापना गरेका हौं ।’ एनआरएनए जापान ओकिनावाका संयोजक समेत रहेका भट्ट भन्छन् ।

प्लेन्टिले जापानमा निशुल्क रुपमा रोजगार सम्बन्धि सेवाको काम गर्दै आएको छ । नेपाल शाखाको स्थापनाले दक्ष कामदारले सहजै जापानमा निशुल्क रुपमा रोजगारीको अवसर प्राप्त गर्ने प्लेन्टि नेपालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved