सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः देव गुरुङ

नेपालभ्युज

सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताएका छन् । बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताएका हुन् ।

उनले  देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्ने बताए । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थमा दलहरुका बिचमा आपसी सहमती सहकार्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवर्द्धन हुने उनको भनाई छ ।

‘राष्ट्रपतिको सन्दर्भमा सबैको बिचमा आवश्यक सहमतिको आधारमा अगाडी बढौँ । संविधानको संरक्षण, गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा पनि हुनुपर्‍यो’ उनले भने, ‘राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्‍यो ।’

उनले दलहरुका बीचमा सहमति र सहकार्य हुन नसकेका कारण शान्ति प्रक्रियाको मुद्दा अड्किएको  बताए ।  अबका दिनमा झन ठूला चुनौति आउँने भन्दै उनले नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्ने बताए ।

उनले  यो अवस्थामा दलहरु  दलहरुका बिचमा सहमति र सहकार्य बन्न सकेन, एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोलाई समाप्त गर्ने, एकले अर्कोलाई बिस्थापित गर्ने, एकले अर्कोलाई भित्तामै पुर्‍याउने खालको अस्वस्थ प्रतिष्पर्धा हुन थाल्यो भने बाहिरी शक्तिकेन्द्रहरु त्यसैमा खेल्ने बताए । ‘राष्ट्रपति सबैको साझा बनाउने प्रयास गरौँ । साझा मान्यता स्थापित गर्ने प्रयास गरौँ । त्यसो हुनसक्यो भने नै राष्ट्रियताको संवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह हुनेछ, उनले भने ।

उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved