एमालेले राष्ट्रपति नपाए सरकार छाड्छ – भट्टराई

नेपालभ्युज

एमालेले राष्ट्रपति नपाए सरकार छाड्छ – भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले एमालेले राष्ट्रपति नपाउने परिस्थिति देखिएमा सरकार छाड्ने अवस्था आउने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले बिहीबार गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति हुने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको र टुटाउने प्रयास पनि नगर्नेमा आफू विश्वस्त रहेको पनि भट्टराईले बताए । माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किएर राष्ट्रपति चयन गरेमा एमाले के गर्छ? भन्ने पत्रकारहरूको जिज्ञासामा भट्टराईले दुईवटा डुंगामा खुट्टा नराखी सरकार छाड्ने अवस्था आउने पनि बताए।

एमालेले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्दै सचिव भट्टराईले केही नेताले सहमतिविपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोपसमेत लगाए । उनले सत्ता गठबन्धनमा प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमतिअनुसार नै फागुन २५ मा परिणाम आउने पनि दाबी गरे ।

उनले एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने पात्र नटुङ्गिएको समेत बताए। राष्ट्रपतिको उम्मेदवार अहिले नै टुङ्ग्याउन आवश्यक नभएको तर, फागुन १३ मै सहमति उम्मेदवार उठाउने र २५ गते जिताउने बताए ।

उनले एमालेले देशभर दुईमहिने ‘मिसन ग्रास रुट’ अभियान सञ्चालन गरेको जानकारी दिंँदै देशका ७ सय ५३ वटै पालिकामा दुई महिने अभियान चलाएर संगठन सुदृढीकरण तथा विस्तार गर्न लागिएको जानकारी पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved