केपी ओली कप आजदेखि, उद्घाटन खेलमा पुलिस र सातदोबाटो खेल्दै

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो यूथ क्लब खेल्दै छन्।

नेपालभ्युज

केपी ओली कप आजदेखि, उद्घाटन खेलमा पुलिस र सातदोबाटो खेल्दै

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो यूथ क्लब खेल्दै छन्।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन्। ‘ए’ डिभिजनका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो यूथ क्लब, जावालाखेल यूथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन्।

सुरुका ४ वटा नकआउट म्याच र त्यसपछिका विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ। फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ।

नकआउट चरणको खेल हेर्न दर्शकलाई शुल्क नलाग्ने युवा संघका महासचिव एवं केपी ओली कपका संयोजक क्षीतिज थेवेले जानकारी दिए। उनका अनुसार १७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved