प्रधानमन्त्रीबाट ईश्वर पोखरेलको नाम ‘अस्वीकृत’ भएपछि ओलीको प्रस्तावमा नेपाल र नेम्वाङ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिनअघिसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नै राष्ट्रपति बनाउने अडानमा थिए । 

नेपालभ्युज

प्रधानमन्त्रीबाट ईश्वर पोखरेलको नाम ‘अस्वीकृत’ भएपछि ओलीको प्रस्तावमा नेपाल र नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिनअघिसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नै राष्ट्रपति बनाउने अडानमा थिए ।

पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा ईश्वर पोखरेल नै हुने आफ्नो अडानबाट अहिले भने ओली पछि हटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको हरेक भेटमा ओलीले आफूले ईश्वर पोखरेललाई नै राष्ट्रपति बनाउन चाहेको बताउने गरेका थिए । तर, अवस्था फेरिएसँगै उनले राष्ट्रपति बनाउन चाहेको नाम पनि फेरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ईश्वर पोखरेललाई राष्ट्रपतिका रूपमा अघि बढाउन असमर्थता देखाएपछि ओलीले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका छन् ।

बुधबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका ओलीले नेम्वाङ र नेपालको नाम लिएका हुन् । ‘उहाँ (केपी शर्मा ओली) ले माधवकुमार नेपाल र सुवासचन्द्र नेम्वाङको नाम लिनुभयो,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved