कपाल स्वस्थ राख्ने केही टिप्स

नेपालभ्युज

कपाल स्वस्थ राख्ने केही टिप्स

एजेन्सी । कपाललाई चम्किलो र लामो तथा सुन्दर बनाउनका लागि तपाईं घरमै केही उपाय अपनाउन सक्नुहुन्छ । अथवा यहाँ बताइएका टिप्स र ट्रिक्सलाई अपनाउनुभयो भने तपाईंको कपाल सधैं सुन्दर र चम्किलो रहनेछ ।

कपाल धुँदा कन्डिसनरको प्रयोग

कपालमा प्रयोग गर्नका लागि सबैभन्दा राम्रो सामग्री मध्ये पर्छ कन्डिसनर । यसलाई तपाई हरेक पटक कपाल धुँदा प्रयोग गर्नुपर्छ । यसले कपालमाथि एउटा तह वा पत्र निर्माण गर्छ जसले कपाललाई विभिन्न प्रदुषणबाट जोगाउँछ । कन्डिसनरले बिग्रिसकेको कपाललाई राम्रो त बनाउँदैन तर भविश्यमा हुने क्षतिबाट भने जोगाउँछ ।

ठूला दाँत भएको काइंयो

कपाल कोर्नका लागि जहिले पनि फराकिलो र ठूला दाँत भएको काइंयोको प्रयोग गर्नु फाइदाजनक हुन्छ । जसले गर्दा अल्झिएको कपाललाई सजिलोसँग कोर्न सकिन्छ र यसले कपाललाई टुक्रिन पनि दिँदैन ।

कपाल कोर्ने तरिका

कपाल जहिले पनि तलबाट कोर्दै जानुपर्छ । पहिला टुप्पातिरको अल्झिएको कपाल कोर्ने त्यसपछि थोरै थोरै गर्दै माथिबाट तलतिर कोर्ने गर्दा कपाल धेरै अल्झिदैन । टाउकोबाटै कपाल कोर्न सुरु गर्दा अल्झिएको कपाल झनै अल्झिन्छ ।

माइल्ड स्याम्पुको प्रयोग

धेरै क्यामिकल प्रयोग भएको स्याम्पु प्रयोग गर्नु कपालका लागि एकदमै हानिकारक हुन्छ । यसले कपाललाई तुरुन्तै राम्रो देखिए पनि रुखो बनाउने र टाउकोमा चायाँको समस्या तथा सुख्खा हुने समस्या देखिन्छ । त्यसैले स्याम्पु एकदमै माइल्ड खालको प्रयोग गर्नुपर्छ । जसमा हानिकारक तत्वको प्रयोग नगरिएको होस् ।

मेशिनहरुको प्रयोग

अहिलेको समयमा धेरै जसो युवायुवतीको कपाल बिग्रने भनेको मेशिनरी सामग्रीको प्रयोगले हो । किनकी कपाल सुकाउनदेखि लिएर त्यसलाई विभिन्न स्टाइलको बनाउनका लागि विद्युतीय सामग्रीको प्रयोग गर्ने गर्दछन् ।

जसले गर्दा कपाल टुक्रने, झर्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छन् । त्यसैले कपाललाई यस्ता मेशिनबाट सकेसम्म जोगाउनुपर्छ । कपाललाई सकेसम्म सुतीको तौलियाले पुछ्ने र प्राकृतिक रुपमै सुक्न दिनुपर्छ ।

चिसो कपालसँग बाहिर निस्कनु

कपाललाई कमजोर बनाउने एउटा मुख्य कारणमा पर्दछ चिसो कपालसँग बाहिर निस्कनु । चिसो कपाल बनाएर निस्कँदा बाहिरको प्रदुषण, धुलो धुँवा कपालमा एकदमै छिटो टाँसिन्छ । जसले गर्दा कपाल छिटै फोहोर भई विभिन्न समस्या देखिन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved