गण्डक नहरमा हाम फालेकी महिला र दुई छोरा मृत भेटिए

नेपालभ्युज

गण्डक नहरमा हाम फालेकी महिला र दुई छोरा मृत भेटिए

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा दुई नाबालक छोरासहित हाम फालेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

हाम फालेको स्थान भन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाधेको अवस्थामा तीनै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

मंगलबार दिउँसो करिब २ बजेको समयमा  पश्चिम–नवलपरासीको सुस्ता गाउँपालिका वडा नं–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस चौधरी र ७ वर्षीय सुमित चौधरीलाई लिएर हाम फालेकी थिइन् ।

प्रतिमाका श्रीमान् वैदेशिक रोजगारमा रहेको बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved