स्कटल्यान्ड विरुद्धको खेलमा सन्दीपले लिए व्यक्तिगत चौथो विकेट

नेपालभ्युज

स्कटल्यान्ड विरुद्धको खेलमा सन्दीपले लिए व्यक्तिगत चौथो विकेट

काठमाडौं। स्कटल्यान्ड विरुद्धको एकदिवसीय खेलमा सन्दीप लामिछानेले व्यक्तिगत चौथो विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले आफ्नो व्यक्तिगत चौथो विकेट लिएका हुन्।

२१.३ ओभरमा टोमस म्याकिन्टसलाई १ रनमा आउट गर्न सन्दीपले गरेको बलिङलाई सन्दीप जोराले क्याच गरे । यसअघि, उनले केजे कोइटजरलाई एलबीडब्लुलाई आउट गर्दै नेपालको लागि पहिलो विकेट लिएका थिए।

सन्दीपले एकै ओभरमा २ विकेट पनि लिन सफल भए। सन्दीपले १३.५ ओभरमा जर्ज मुन्से र १३.६ ओभरमा कप्तान रिचि बेरिङ्टनलाई आउट गर्न सफल भए।

नेपालका लागि कुशल मल्लले भने २०.२ ओभरमा क्रिस्टोफर म्याकब्राइडलाई आउट गरे। उनले नेपालको लागि चौथो विकेट लिए।

जारी खेलमा स्कटल्यान्डले २८ ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved