विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध नेपालको पहिला फिल्डिङ

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ। स्कटल्यान्डविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ रोजेको छ।

नेपालभ्युज

विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध नेपालको पहिला फिल्डिङ

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ। स्कटल्यान्डविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ रोजेको छ।

नेपालले टस जितेपछि स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएको हो। नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार चौथो पटक टस जितेको हो।

नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो। त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो ।

नेपालले पहिलो तीन खेल जितेको छ र स्कटल्यान्डसँगको खेल जितेमा क्लिन स्विप गर्नेछन् । नेपालले यसअघिको ६ शृङ्खलामा २ खेल भन्दा जित्न सकेको थिएन्। नेपालले यसै शृङ्खलामा स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेटको विजय हात पारेको थियो। स्कटल्यान्डले नामिबियाविरुद्ध यस शृङ्खलामा दुवै खेल जितेको छ।

लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन्। अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन्। चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ। छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved