भेन्टिलेटरबाट निकालियो कांग्रेस सांसद चन्द्र भण्डारीलाई

नेपालभ्युज

भेन्टिलेटरबाट निकालियो कांग्रेस सांसद चन्द्र भण्डारीलाई
फाइल फोटो

काठमाडौं । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ।

सांसद भण्डारीलाई सोमबार  बिहान साढे १० बजे  भेन्टिलेटरबाट निकालेपछि अहिलेसम्म राख्न नपरेको सहयोगीले जानकारी दिएका छन् ।

गत फागुन ३ गते राति  ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।

भण्डारीलाई गत फागुन ४ गते  थप उपचारका लागी  मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो ।

उनकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved