मोदी–अडानी मित्रता : रगत र पैसाको दलदलमा फुल्ने कमलको फूल

पहिले मोदी अडानीको जहाजमा उड्थे, अब अडानी मोदीको जहाजमा उड्छन् । अब यी दुवै जहाजको इन्जिनमा खराबी आएको छ । उनीहरूले त्यो खराब इन्जिनलाई भारतको झन्डाले छोपेर अब आफूहरूलाई बाहिर निकाल्न सक्लान् ?

मोदी–अडानी मित्रता : रगत र पैसाको दलदलमा फुल्ने कमलको फूल

भारत विदेशी शक्तिको आक्रमणमा छ । विशेषतः अमेरिका र बेलायतको । अथवा हाम्रो सरकारले यो कुरा विश्वास गर्न भनिरहेको छ । किन ? किनकि, पूर्वउपनिवेशवादी बेलायत र नवसाम्राज्यवादी अमेरिकाले भारतको समृद्धि र असल भविष्य सहन सक्दैनन् । उनीहरूको आक्रमण हाम्रो नवराष्ट्र भारतको राजनीतिक तथा आर्थिक आधारशीलामा केन्द्रित छ। ती लुुकेर आक्रमण गर्ने षडयन्त्रकारी हुन्– बीबीसी र हिन्डनबर्ग ।

बीबीसीले जनवरीमा भारत मोदी प्रश्न नामको दुई भागको वित्तचित्र बनायो । ३८ वर्षीय नाथन एन्डरसनको स्वामित्वका रहेको एउटा सानो अमेरिकी कम्पनी हिन्डनबर्ग रिसर्च अघि आयो।

भारतीय मिडियाले बीबीसी र हिन्डनबर्गको कदमलाई भारतका ट्विन टावर, प्रधानमन्त्री नरेन्द्र मोदी र सबैभन्दा ठूला उद्योगपति गौतम अडानीमाथिको आक्रमणका रूपमा चित्रण गरे। अडानी त्यतिन्जेल विश्वका तेस्रो धनी व्यक्ति थिए ।

यी दुवैमाथिको आरोप चानचुने हैन। बीबीसी वित्तचित्रले मोदीले सामूहिक आमहत्यालाई उक्साएको भन्दछ । हिन्डनबर्गको जनवरी २४ को प्रतिवेदनले भन्छ– अडानी ‘कर्पोरेट इतिहासकै सबैभन्दा ठूला ठग’ हुन् । भलै कि अडानी समूहले यसको कडा प्रतिवाद गरेको छ ।

मोदी–अडानी चिनचान दशकौं पुरानो हो । सन् २००२ को गुजरात दंगापछि दुवैको हालत सुध्रिँदै गएको थियो । गुजरातमा यो दंगा मुसलमानले आगो लगाएको भनिएको एक रेलमा ५९ हिन्दू तीर्थयात्री मारिएपछि भएको थियो । त्यसपछि मुसलमानको आमहत्या भएको थियो । मोदी यो नरसंहार हुनुभन्दा केही महिनाअघि गुजरातको मुख्यमन्त्री नियुक्त भएका थिए।

‘बदला’ को नाममा हिन्दू भिजिलान्तेको आक्रामक भीडले गुजरातको गाउँ र शहरमा भारत नै काँप्ने गरी मुसलमानमाथि हत्या र बलात्कारको श्रृंखला चलाएका थिए । त्यो बेला भारतीय उद्योग परिसंघ नामको एक पुरानो संस्थाले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा जाहेर गरेको थियो।

मोदीलाई त्यो बेला हिन्दू हृदय सम्राटको रूपमा, हिन्दू भोट बैंकलाई एकीकृत गर्न सक्ने राजनीतिज्ञका रूपमा अघि सारियो । सन् २००३ मा उनीहरूले गतिशील गुजरातको नाममा लगानीकर्ता सम्मेलन गरे । यसरी अघि आएको थियो–विकासको गुजरात मोडेल : व्यापक कर्पोरेट पैसाको आडमा हिंस्रक हिन्दू राष्ट्रवाद ।

ठीक यही विन्दुमा गौतम अडानीको प्रवेश भयो । उनले गुजराती उद्योगपतिको एक सानो समूहलाई साथमा लिएर रिसर्जेन्ट ग्रूप अफ गुजरात नामको एक व्यवसायिक मञ्च बनाए। यसले दंगाको विषयमा मुख्यमन्त्री मोदीसँग असन्तुष्ट उद्योगपतिको बेखुशीको विरोध गर्‍यो ।

मोदीको समर्थन गर्‍यो । मोदीलाई त्यो बेला हिन्दू हृदय सम्राटको रूपमा, हिन्दू भोट बैंकलाई एकीकृत गर्न सक्ने राजनीतिज्ञका रूपमा अघि सारियो । सन् २००३ मा उनीहरूले गतिशील गुजरातको नाममा लगानीकर्ता सम्मेलन गरे । यसरी अघि आएको थियो–विकासको गुजरात मोडेल : व्यापक कर्पोरेट पैसाको आडमा हिंस्रक हिन्दू राष्ट्रवाद ।

सन् २०१४ मा गुजरात मुख्यमन्त्रीको तीन कार्यकाल पूरा गरेपछि नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भए । नयाँ दिल्लीमा शपथग्रहण समारोहमा भाग लिन मोदी एक निजी जेट विमानमा सवार भएर आए, जसमा अडानीको नाम जगमगाइरहेको थियो । मोदी शासनकालको ९ वर्षमा अडानीको सम्पति ८ बिलियन डलरबाट बढेर १३७ बिलियन डलर पुग्यो ।

पछिल्लो वर्ष सन् २०२२ मा मात्रै उनको सम्पति ७२ बिलियन डलरले बढेको थियो, जुन उनीभन्दा ठीक मुनिका विश्वका ९ अर्बपतिको सम्पतिको कुलभन्दा बढी थियो ।

अडानी समूहको आज एक दर्जन व्यापारिक बन्दरगाहमा नियन्त्रण छ । यहाँबाट भारतीय वस्तुको ३० प्रतिशत भन्दा बढी परिवहन हुन्छ । त्यस्ता ७ वटा विमानस्थल अडानी समूहले चलाउँछ, जसबाट भारतको कुल हवाई यात्रुमध्ये २५ प्रतिशतले आवतजावत गर्दछन् । भारतीय अन्नको ३० प्रतिशत अंशको गोदाम अडानी समूहसँग छ । अडानी समूह भारतको सबैभन्दा धेरै विद्युत् गृहको मालिक वा सञ्चालक हो । गुजरात मोडेलको विकास यसरी लागू भएको थियो ।

मान्छे मजाक गर्छन्– पहिले मोदी अडानीको जहाजमा उड्थे, अब अडानी मोदीको जहाजमा उड्छन् । अब यी दुवै जहाजको इन्जिनमा खराबी आएको छ । उनीहरूले त्यो खराब इन्जिनलाई भारतको झन्डाले छोपेर अब आफूहरूलाई बाहिर निकाल्न सक्लान् ?

बीबीसीको वित्तचित्र भारत

मोदी प्रश्नको पहिलो भाग गुजरात नरसंहार बारेमा मात्र छैन, यसले पीडितहरूको २० वर्ष यताको कथा, कानुनी भुलभुलैयाका श्रृंखला, न्याय र जवाफदेही राजनीतिको आशा र आस्थालाई व्यक्त गर्दछ । वित्तचित्रमा इम्तियाज पठानजस्ता प्रत्यक्षदर्शी साक्षी समावेश छन्, जसले गुलवर्ग समाजको आत्महत्यामा आफ्ना परिवारका १० सदस्य गुमाएका थिए।

पठान यो बताउँछन् कि उनीहरूले कसरी कांग्रेस पूर्व सांसद एहसान जाफरीको घरमा शरण लिएका थिए, जब बाहिर भीड जम्मा भएको थियो । पठानले यो पनि भनेका छन् कि सुरक्षा बल आउने आशामा जाफरीले घरभित्रबाटै मुख्यमन्त्री मोदीलाई फोन गरेका थिए । तर, जब उनले बुझेकी बचाउन कोही आउनेवाला छैन, उनले घर बाहिर निस्केर आफूलाई भीडमा सुम्पेका थिए ।

उनको विश्वास थियो, उनी भीडलाई यो बुझाउन सक्षम हुने छन् कि उनले सुरक्षा खोज्न आएकालाई शरण दिएका मात्र हुन्। तर, उनलाई टुक्राटुक्रा पारेर काटिएको थियो । चिनोफानो नरहने गरी जलाइएको थियो । त्यसको घण्टौंपछि सम्म त्यहाँ दंगा जारी थियो।

जब यो मुद्दा अदालतमा पुग्यो, गुजरात सरकारले त्यहाँबाट फोन आएको तथ्य अस्वीकार गर्‍यो । जबकि, यो कुरा इम्तियाज पठानले मात्रै हैन, अन्य थुप्रै प्रत्यक्षदर्शी साक्षीले बताएका थिए । सरकारको भनाइलाई अदालतले सही मान्यो।

भारत सरकारले यो वित्तचित्रको जतिसुकै बदख्वाइँ किन नगरोस्, यसले भाजपा, भाजपा सरकार र अदालतको दंगाबारेको दृष्टिकोणलाई प्रस्तुत गर्ने हरसम्भव कोशिस गरेको छ।

सन् २०२२ को जुन २४ मा भारतीय सर्वोच्च अदालतले एहसान जाफरीकी विधवा जाकिया जाफरीको याचिकालाई खारेज गर्दिएको थियो । जाकियाले यो दाबी गरेकी थिइन् कि उनका पतिको हत्याको पछाडि गम्भीर षड्यन्त्र थियो । मोदीका समर्थकले सर्वोच्च अदालतको यस फैसलालाई मोदी निर्दोष भएको प्रमाणका रूपमा प्रस्तुत गर्दै खुसियाली मनाइरहेका छन् ।

बीबीसी वित्तचित्रमाथि भारत सरकारको सबैभन्दा धेरै बेखुशी सन् २००२ को अप्रिलमा बेलायती विदेश मन्त्रायलको एक आयोगले बनाएको प्रतिवेदनमाथि छ। यो प्रतिवेदनबारे जनता बेखबर थिए । त्यो प्रतिवेदनले भन्छ कि गुजरात दंगामा करिब २ हजार मानिस मारिएको हुनु पर्दछ ।

वित्तचित्रले गृहमन्त्री अमित शाहको एक अन्तर्वार्ता पनि देखाएको छ, जो आउने दिनमा मोदीका एक पुराना साथी हुनेवाला थिए । त्यसमा उनी मोदीलाई भगवान् शिवसँग तुलना गर्दै भन्छन् कि मोदीले १९ वर्षदेखि यो विष नीलकण्ठ भई घाँटीमा राखेका थिए । सर्वोच्च अदालतको सफाइपछि सत्य सुनजस्तै चम्किएर बाहिर आएको छ।

बीबीसी वित्तचित्रमाथि भारत सरकारको सबैभन्दा धेरै बेखुशी सन् २००२ को अप्रिलमा बेलायती विदेश मन्त्रायलको एक आयोगले बनाएको प्रतिवेदनमाथि छ। यो प्रतिवेदनबारे जनता बेखबर थिए । त्यो प्रतिवेदनले भन्छ कि गुजरात दंगामा करिब २ हजार मानिस मारिएको हुनु पर्दछ ।

प्रतिवेदनले भन्न कि यो दंगामा हत्याको पूर्वयोजना हुनु पर्दछ र घटनाको प्रकृति हेर्दा यो ‘जातीय सफायाको भावनाबाट प्रेरित’ देखिन्छ । प्रतिवेदनले यो भन्छ कि, त्यो बेला प्रहरीलाई चुपचाप बस्न, कुनै दंगा नियन्त्रात्मक कारबाही नगर्न आदेश दिइएको थियो ।

यो प्रतिवेदनले सीधै मोदीको ढोकातिर प्रश्न उठाउँछ । वित्तचित्रमा देखाइएको त्यो दृष्य बढो स्तब्धकारी छ कि त्यतिखेर छानबिन आयोगमा भएका बेलायती कुटनीतिज्ञ तथा विज्ञले अनुहारको साटो पिठ मात्र देखिने गरी केही गोप्य रहस्य बोलेका छन् ।

बीबीसी वित्तचित्रको दोस्रो भाग कमैले हेरे, तर त्यो झनै भयावह थियो । यसले प्रधानमन्त्रीका रूपमा मोदी शासनकालका विभाजन र विग्रहबारे भनिएको थियो । तलवार लिएर सार्वजनिक स्थलमा निस्कने भीड, मुसलमानहरूको नश्लीय सफायाको आह्वान गरिरहेका गेरुवस्त्रधारी धर्मात्माहरू, फरक धार्मिक समुदायका मानिसबीच सडकमै हुने मारपिट, यस्ता दृष्य हामी भारतीयका लागि दिनन्दैनीका विषय भएका छन् ।

यस्ता कर्तुतमा सामेल हुने कतिपय व्यक्तिलाई मोदी सरकारका वरिष्ठ मन्त्रीले फूलमालाले सम्मान गरेका भिडियो पनि पाइन्छन्। यथार्थमा यो वित्तचित्र ब्रिटिस नागरिकका लागि प्रसारित थियो । यो बेलायतमै सीमित थियो । दर्शकहरू आफैँले यसको भिडियो अपलोड गरेर युट्युबमा राखेका हुन् र ट्विटरमा लिंक सेयर गरेका हुन् । तर, यसले इन्टरनेटको संसार नै गर्मायो ।

भारतका विद्यार्थीलाई यो डाउनलोड नगर्न र नहेर्न चेतावनी दिइयो । जब तिनले केही विश्वविद्यालका क्याम्सपमा सामूहिक रूपमा वित्तचित्र हेर्ने घोषणा गरे, त्यहाँको बिजुलीको लाइन नै काटियो । कतिपय क्याम्पसमा प्रदर्शन रोक्न प्रहरीको ठूलै समूह पुग्यो ।

प्रतिवेदनअनुसार अडानी समूहका ७ कम्पनी ८५ प्रतिशतले अधिमूल्यांकन गरिएको छ । यसरी गरिएको अधिमूल्यांकनमा आधारित भएर कम्पनीहरूले सार्वजनिक बैंकलगायत अन्य अन्तर्राष्ट्रिय पुँजी बजारबाट अरबौं डलरको ऋण लिएका छन् ।

सरकारले युट्युब र ट्विटरलाई अपलोड र लिंक हटाउन आदेश दियो। अभिव्यक्ति स्वतन्त्रताका पैरवीकार मानिने यी कम्पनी मौन रहे । मेरा केही मुस्लिम साथी सोध्छन्–‘यो वित्तचित्रमाथि उनले किन प्रतिबन्ध लगाएका होलान्, जबकि गुजरातको आमहत्याले उनलाई जहिल्यै राजनीतिक फाइदा भएको छ । र आउने वर्ष चुनाव हुनेवाला छ ।’ ठीक त्यही बेला दोस्रो टाबरमाथिको आक्रमण भयो ।

हिन्डनबर्गको चार सय पेजको प्रतिवेदन त्यही दिन प्रकाशित भयो, जुन दिन बीबीसी वित्तचित्रको दोस्रो भाग प्रकाशित भएको थियो । त्यो प्रतिवेदनले ती सवाललाई गम्भीर विमर्श गर्दछ, जो भारतीय सञ्चारमा आइरहेकै थिए तर हिन्डनबर्ग प्रतिवेदन त्यसभन्दा अघि पनि बढ्दछ ।

यसले अडानी समूहलाई यो आरोप लगाउँछ कि, समूह सेयर बजारमा गडबडी, जालसाजी र लेखा हेराफेरीमा संलग्न छ । यसले कृत्रिम तरिकाले सेयर मूल्य बढोत्तरी गर्ने गरेको छ।

प्रतिवेदनअनुसार अडानी समूहका ७ कम्पनी ८५ प्रतिशतले अधिमूल्यांकन गरिएको छ । यसरी गरिएको अधिमूल्यांकनमा आधारित भएर कम्पनीहरूले सार्वजनिक बैंकलगायत अन्य अन्तर्राष्ट्रिय पुँजी बजारबाट अरबौं डलरको ऋण लिएका छन् । त्यसमा स्टेट बैंक अफ इन्डिया र लाइफ इन्सुरेन्स कोअपरेसन अफ इन्डिया पनि छन, जसम लाखौं भारतीय सर्वसाधारणको लगानी र बचत छ ।

अडानी समूहले ४१३ पेजमा हिन्डनबर्गको प्रतिउत्तर दिएको छ। उसले दाबी गरेको छ कि भारतीय अदालतले समूहलाई कुनै अवैधानिक र गलत काममा संलग्न पाएका छैनन् । हिन्डनबर्गको प्रतिवेदन दुर्भावनायुक्त, आधारहीन र भारतमाथिको हमलासरह हो ।

तर, लगानीकर्ताका लागि यति स्पष्टीकरण पर्याप्त भएन । हिन्डनबर्ग विश्लेषणले बजारमा भागदौड नै मच्चियो । अडानी समूहले ११० बिलियन डलर बराबरको नोक्सानी बेहोर्नुपर्‍यो । कतिपय वित्तीय संस्थाले समूहको ऋण निवदेन अस्वीकार गरे ।

एक फ्रान्सेली कम्पनी टोटल इनर्जीले अडानी समूहसँगको ४ बिलियन डलर बराबरको स्वच्छ ऊर्जा खरिद सम्झौता टारिदियो । अडानी समूहसँग सहकार्यमा रहेको लन्डन स्थित एक कम्पनी इलारा क्यापिटलका निर्देशक बेलायतका पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले राजीनामा गरे ।

हिन्डनबर्ग प्रतिवेदनले ल्याएको आँधीतुफानले सधैं झगडा गरी बस्ने भारतीय विपक्षी दलहरूलाई एक ठाउँमा ल्यायो । उनीहरूले संयुक्त संसदीय समितिमार्फत् छानबिनको माग गरे । सरकार कानमा तेल हालेर बस्यो । भारतीय नियमक संस्था र अन्तर्राष्ट्रिय वित्तीय पुँजी व्यवस्थाको विश्वसनीयताप्रति सरकारले घोर लापरवाही गर्‍यो ।

भारतीय संसदको जारी बजेट सत्रमा दुई विपक्षी दलका संसद तृणमूल कांग्रेस कि महुवा मोइत्रा र राष्ट्रिय कांग्रेसका राहुल गान्धीले संसदमा बोले, जो वर्षौंदेखि अडानी समूहबारे बोल्दै आएका थिए ।

मोइत्राले उठाएका प्रश्नमध्ये केही थिए– ‘सरकारले ती ‘क’ समूहका बन्दरगाह र हवाई अड्डा सञ्चालनको अनुमति अडानी समूहलाई कसरी दियो, जबकि उसले आफ्नो एक सेयरहोल्डर को हो भन्ने प्रष्ट पार्न अस्वीकार गरेको छ ?

अडानी समूहले मौरिससस्थित ६ वटा कम्पनीबाट ५ बिलियन डलर बराबरको वैदेशिक लगानी भित्र्याएको छ, ती छ वटै कम्पनीको ठेगाना र हस्ताक्षर गर्ने सचिव एउटै छ, यो कसरी हुन सक्दछ ? सार्वजनिक क्षेत्रका स्टेट बैंक र लाइफ इन्सुरेन्स कम्पनीले अडानी समूहलाई ऋण लगानी किन जारी राखेका छन् ? ’

अडानी संसारकै एक धनाढय हुन् । तर, चुनावको बेलामा हुने तडकभडक हेर्ने हो भने भाजपा सायद भारतको मात्र हैन, संसारकै सबैभन्दा धनी राजनीतिक दल हो ।

राहुल गान्धीले प्रधानमन्त्री मोदीको इजरायल, बंगलादेश र अस्ट्रेलिया भ्रमणको जिकिर गर्दै सोधे–‘तपाईं जुनजुन देश भ्रमणमा जानुहुन्छ, तिनै देशमा अडानीले ठेक्का कसरी पाउँछन् ?’ उनले तीमध्ये केहीको सूची पनि पेश गरे । जस्तो कि, इजरायलसँगको प्रतिरक्षा ठेक्का, अस्ट्रेलियाको कोइला उत्खननका लागि भारतीय स्टेट बैंकको एक अर्बको ऋण, बंगलादेशसँग १५०० मेगावाटको बिजुली परियोजना । र अन्तमा उनले निकै महत्त्वपूर्ण प्रश्न गरे कि भाजपाले अडानी समूहबाट गोप्यरूपमा निर्वाचन बन्डवापत कति पैसा प्राप्त गर्दछ ?

यथार्थमा कुरा यही हो । सन् २०१६ मा भाजपाले निर्वाचन बन्ड योजना अघि सारेको थियो, जसले कम्पनीहरूलाई सार्वजनिकरूपमा पहिचान नखुलाइकन राजनीतिक दललाई कोष प्रदान गर्न सक्दछ । हो, अडानी संसारकै एक धनाढय हुन् । तर, चुनावको बेलामा हुने तडकभडक हेर्ने हो भने भाजपा सायद भारतको मात्र हैन, संसारकै सबैभन्दा धनी राजनीतिक दल हो ।

मोदी र अडानी, के यी दुई मित्रले हामीलाई आफ्नो लेनदेनको खाता कहिल्यै देखाउँलान् ? वा यिनले देखाउँनका लगि त्यस्तो अलगअलग खाता त राखेका छन ? मोइत्राका यी प्रश्नलाई बेवास्ता गरियो । गान्धीका अधिकांश प्रश्न संसदीय अभिलेखबाट हटाइयो ।

मोदीको प्रतिउत्तर भाषण ९० मिनेट चल्यो । तर, मोदीले तिनै जवाफ फर्काए, जो उनी सधैं फर्काउने गर्दछन् । उनले आफूलाई १४० करोड भारतीय जनताको सुरक्षाकवच लगाएको एक गौरवशाली व्यक्ति बताए, जसलाई कुनै विपक्षी र विदेशीले भेदन गर्न सक्ने छैनन् । उनका भाषणका प्रत्येक बाक्य खोक्रा बयानबाजी, अरुको उपहास गर्ने, व्यक्तिगत अपमान गर्ने गरी आक्रामक थिए । उनका प्रत्येक वाक्यमा भाजपाई सांसदले जोडजोडले ठोक्दै ‘मोदी, मोदी मोदी’ को जयजयकार गरे ।

उनले भने कि, कमलको फूलमाथि जति पनि फोहोर किन नफ्याँकियोस्, त्यो फुलेरै छोड्छ । कमलको फूल भाजपाको निर्वाचन चिन्ह हो । उनले त्यो भाषणमा एकपटक पनि अडानी समूहको नाम लिएनन् । सायद उनलाई लागेको होला कि यो कुनै बहसको विषय नै हैन । उनका मतदाता जो करोडौंको संख्यामा बेरोजगार छन, निरपेक्ष गरिबीबीच मोदीको फोटो लागेको रासन प्याकेजको भरमा बाँच्छन्, उनीहरूले १०० बिलियन डलर भनेको कति हो भन्ने नै बुझ्दैनन् ।

अधिकांश भारतीय सञ्चारमाध्यमले मोदीको भाषणलाई शानदार ढंगले प्रसारण गरे । अधिकांश राष्ट्रिय तथा क्षेत्रीय दैनिकले केही दिन अघि पहिलो पृष्ठमा मोदीको ठूलो फोटो भएको विज्ञापन छापेका थिए । के त्यो संयोग मात्रै थियो होला ? त्यो विज्ञापनमा उत्तरप्रदेशमा हुने लगानीकर्ता सम्मेलनको सूचना थियो ।

त्यसको एक दिनपछि १४ फेब्रुअरीमा गृहमन्त्रीले एक अन्तर्वातामा भने कि अडानीको विषयमा सरकार र भाजपाले भन्नुपर्ने, लुकाउनुपर्ने वा डराउनुपर्ने कुनै कुरा छैन । उनले फेरि एकपटक संयुक्त संसदीय समितिबाट छानविनको सम्भावना अस्वीकार गरे र विपक्षी दललाई अदालतमा उजुरी हाल्न सुझाव दिए ।

जब उनी बोल्दै थिए, दिल्ली र मुम्बई प्रहरीले छापामारीका लगि घर घेर्न सुरु गरिसकेको थियो र आयकरवालाहरू भित्र छिरेका थिए । तर, अडानीको घर हैन, बीबीसी कार्यालय रहेको घर ।

१५ फेब्रुअरीदेखि समाचारको माहोल नै पूरै उल्टो भयो । अब ‘नवसाम्राज्यवादी आक्रमण’ सम्बन्धी रिपोर्टिङ पनि उल्टा भए । प्रधानमन्त्री मोदी, अमेरिकी राष्ट्रपति जो वाइडन र फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोंले ‘न्यानो र उत्पादक’ बैठकपछि घोषणा गरे कि भारतले बोइङ ४७० र एयर बस जहाज खरिद गर्छ ।

बाइडेनले भने कि, यो सम्झौताले १० लाख बढी अमेरिकी रोजगार सिर्जना गर्नेछ । एयर बसको इन्जिन रोल्स रोयको हुनेछ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने–‘बेलायतको फष्टाइरहेको एयर स्पेस क्षेत्रका लागि आकाशको सीमा छ ।’

यसरी फुल्छ कमलको फूल रगत र पैसाको दलदलमा । र निश्चितरूपमा सत्य सुनजस्तै चम्किँदै बाहिर आउँछ ।

(द गार्जियनबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved