विश्वकप लिग–२ सिरिजमा नामिबिया र स्कटल्याण्ड भिड्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा आज स्कटल्याण्ड र नामिबिया खेल्दै छन्। खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुुरु हुनेछ।

नेपालभ्युज

विश्वकप लिग–२ सिरिजमा नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा आज स्कटल्याण्ड र नामिबिया खेल्दै छन्। खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुुरु हुनेछ।

नामिबिया जारी सिरिजमा पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा नेपालसँग २ विकेट, दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध १० विकेट तथा तेस्रो म्याचमा नेपालसँग ३ विकेटको हार बेहो¥यो।
ऊ आज स्कटल्याण्डलाई हराउँदै नेपाल भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। स्कटल्याण्ड दोस्रो जितको खोजीमा छ। उसले दोस्रो खेलमा नेपालसँग ३ विकेटको हार बेहोरेको थियो।

स्कटल्याण्डले श्रृंखलाको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने तालिका छ। विश्वकप लिग–२ मा स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ। नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नेपाल २७ खेलबाट २४ अंकका साथ छैटौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved