२४ वर्षपछि नेपालमा क्रस कन्ट्री च्याम्पियनसिप हुँदै

नेपालभ्युज

२४ वर्षपछि नेपालमा क्रस कन्ट्री च्याम्पियनसिप हुँदै

काठमाडौं ।  नेपाल एथलेटिक्स एशोसिएशनको तात्वावधानमा फागुन तेस्रो साता १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ ।  आईतबार नेपाल एथलेटिक्स एशोसिएशनले पत्रकार सम्मेलन गरेर १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३ गते नेपालमा आयोजना हुने जनाएको हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ ।

यो प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्न लागेको हो । यसअघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved