चन्द्र भण्डारीको फोक्सोले काम गर्न थाल्यो, अक्सिजनको मात्रा घटाइयो

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको फोक्सोले आफैँले काम गर्न थालेको छ। मुम्बइको नेशनल बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भण्डारीको फोक्सोले काम गर्न थालेको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।

नेपालभ्युज

चन्द्र भण्डारीको फोक्सोले काम गर्न थाल्यो, अक्सिजनको मात्रा घटाइयो

काठमाडौं। ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको फोक्सोले आफैँले काम गर्न थालेको छ। मुम्बइको नेशनल बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भण्डारीको फोक्सोले काम गर्न थालेको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।

हिजो खुट्टाको शल्यक्रिया गरिएको उनको फोक्सोले काम गर्न थालेको हो। फोक्सोले काम गर्न थालेसँगै आजबाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशत घटाइएको जानकारी चिकित्सकले दिएको पनि उनले बताए।

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।

उनको हिजो खुट्टाको शल्यक्रिया गरिएको थियो। आज हातको शल्यक्रिया गर्ने भनिए पनि हातको जलेको भागले काम गर्न थालेकोले शल्यक्रिया गर्न नपर्ने चिकित्सकले बताएको पनि न्यौपानेले जानकारी दिए।

गुल्मी १ बाट निर्वाचित सांसद चन्द्र भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ। बुुधबार राति खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारी र भण्डारीकी आमा हरिकला घाइते भएका थिए। आमाको भने बिहीबार बिहान मृत्यु भयो।

बुधबार आमा छोरा खाना खाएर सुतिसकेको अवस्थामा ग्यास लिक भएको हो। बिजुलीको स्विच अन गर्दा आगो लाग्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved