कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु

कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु
सांकेतिक तश्वीर

सुर्खेत। कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटको आधा क्षेत्रमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको हो।

मंसिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर पुस र माघ महिनामा जाडो बिदा सकिएपछि शैक्षिक सत्र सम्पन्न हुने गर्छ ।
नयाँ शैक्षिक सत्र सुरु भए पनि गत वर्षको पाठ्यपुस्तक नपाएर अर्को वर्षको शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक कहिले पाउने कुनै टुङ्गो छैन।

हरेक वर्ष शैक्षिक सत्र सुरु भएको दुई–तीन महिनासम्म पाठ्यपुस्तक नपुग्दा पठनपाठन सधैँ प्रभावित हुने गरेको कालिकोट तिलागुफा नगरपालिका शिक्षा शाखाको प्रमुख नवीन हमालले जानकारी दिए ।

हातमा समयमा पाठ्यपुस्तक नपर्दा पठनपाठनमा समस्या भएको पातारासी गाउँपालिका– ७ रिनी गाउँस्थित सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा नानी बुढाले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved