पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

नेपालभ्युज

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बिहीबार भारत प्रस्थान गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडा रहेका छन् ।

प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved