नेप्सेमा १६.४० अंकको गिरावट हुँदा १ अर्ब ७८ करोड मात्रै कारोबार

नेपालभ्युज

काठमाडौं। मंगलबार पनि सेयर बजारमा गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।

मंगलबार बजार परिसूचक नेप्से १६.४० अंक (०.७७ प्रतिशत) ले गिरावट हुँदा २१०५.४६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ ।

यस्तै, ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एसिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved