मोदीको विषयमा वृत्तचित्र प्रसारणपछि बीबीसीको दिल्ली कार्यालयमा राजस्वको छापा

कर्मचारीको मोबाइल फोन कब्जामा

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ। यो समाचार भारतीय मिडियाले प्राथमिकता दिएर प्रसारण गरिरहेका छन्।

नेपालभ्युज

मोदीको विषयमा वृत्तचित्र प्रसारणपछि बीबीसीको दिल्ली कार्यालयमा राजस्वको छापा

काठमाडौं। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ। यो समाचार भारतीय मिडियाले प्राथमिकता दिएर प्रसारण गरिरहेका छन्।

ती भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार राजश्वले छापा मारेपछि बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको र उनीहरूलाई घर पठाइएको छ।

केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो। उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दङ्गाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले आइटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको युट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved