अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल

नेपालभ्युज

अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतिलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताएका हुन‍् । उनले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौति, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याहरुको समाधान खोज्नुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीहरुको सुक्ष्म विश्लेषण गरी ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गरे ।

उनले भने, ‘सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी विद्यमान चुनौतिको सामना गर्नेछ । नेपालको अर्थतन्त्रमा संरचनागत चुनौति, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा सिर्जित समस्याहरुको पृष्टभूमिमा समाधान खोज्नुपर्ने हुन्छ ।’

वर्तमान समय अर्थतन्त्रको चुनौतिहरुको विश्लषण गरी ठोस कदम चाल्न नसक्दा र टालेटुले समाधानमा रमाउँदा ठूलो गल्ती हुने उनको बुझाई थियो । ‘अर्थतन्त्रको सुधारको आगामी यात्राको शुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाउने विषयबाट हुनुपर्छ,’ उनले भने, ‘सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु अर्को चुनौति हो । पुँजीगत खर्च बढाउन आवश्यक सुधार गर्न आवश्यक छ ।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको शुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताए । उनले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौती रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved