गेटा कलेजलाई दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने प्रधानमन्त्रीको आश्वासन

नेपालभ्युज

गेटा कलेजलाई दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने आश्वासन दिएका छन् ।

आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायतसँग भएको छलफलमा प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

सचिवालय सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने सबैले विश्वास लिएका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved