मेरो सपना फुटबल खेलाडी बन्ने थियोः गगन थापा

नेपालभ्युज

मेरो सपना फुटबल खेलाडी बन्ने थियोः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले किशोर रहँदा आफ्नो सपना फुटबलर बन्ने रहेको स्मरण गरेका छन् ।

शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरेका हुन् ।

‘खेलकुदमा करियर सम्भव छ, मेरो सपना फुटबल खेलाडी बन्ने थियो,’ उनले भने, ‘मेरो पहिलो पटक पत्रिकामा नाम आएको फुटबल खेलमा गोल हानेर हो ।’

उनले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताए । स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने उनको तर्क थियो ।

उनले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्नेमा जोड दिए । उनले सन्त नेता कृष्णप्रसाद भट्टराईको नामसँग जोडेर खेलकूद प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गरे । ‘नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराईलाई कसैसँग तुलना गर्न मिल्दैन,’ उनले भने, ‘भट्टराई जस्तो मानिसको बारेमा खेलको मार्फतबाट नयाँ जेनेरेशनको बारेमा बुझाउन जरुरी छ ।’

उनले स्थानीय सरकारले नै यस्ता खेलकुदको विकासका लागि कुरा उठाउनुपर्नेमा जोड दिए । ‘स्थानीय सरकारसँग ५ वर्षमा के गर्छु भन्ने योजना बनाउनु पर्छ । स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको सहयोगले मात्रै पुग्दैन । खेलकुद विकास गर्न स्थानीय तह पनि लाग्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved