दल बाहिरबाट सर्वमान्य राष्ट्रपति खोज्ने प्रयास भइरहेको प्रचण्डको संकेत

नेपालभ्युज

दल बाहिरबाट सर्वमान्य राष्ट्रपति खोज्ने प्रयास भइरहेको प्रचण्डको संकेत

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलबाहिरबाट सहमतिको राष्ट्रपति खोज्ने प्रयास भइरहेको संकेत गरेका छन् ।

सक्रिय राजनीति गरेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाइएको उनको अनुभूति थियो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दैै उनले भने, ‘सक्रिय राजनीति नगर्ने व्यक्तिलाई सहमतिमा राष्ट्रपति बनाउन प्रयास भइरहेको छ ।’

प्रचण्डले संविधान, गणतन्त्र र परिवर्तनका उपलब्धि रक्षा गर्न प्रतिबद्ध सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाउने इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

त्यस्तो सर्वमान्य राष्ट्रपति दलहरू भित्रका पनि हुनसक्ने उनको संकेत थियो । यसबारे आफूले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरिरहेको उनले सम्बोधनको क्रममा बताए ।

प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved