रास्वापालाई गृह दिएर सरकारमा फर्काउनुपर्छः एमाले

नेपालभ्युज

रास्वापालाई गृह दिएर सरकारमा फर्काउनुपर्छः एमाले
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेले गृह मन्त्रालय दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउनुपर्नेमा जोड दिएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा यसबारेमा छलफल भएको छ ।

पार्टीका उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताए । उनले पूर्वसहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिए । त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोशिस जारी भएको उनले बताए ।

फरक फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरुलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुखद् विषय हो,’ उनले भने ।

रास्वपाका सभापति रवि लामिछानेजीले नागरिकता पुनःप्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटिहरु गरेकोले पद रिक्त हुन गएको उनले बताए । यद्यपि पुस १० गते गठबन्धन बनाउने बेला भएको सहमतिअनुसार रास्वपाले नै गृहमन्त्रालय पाउनुपर्ने उनको तर्क थियो । ‘रास्वपालाई गृह दिएर सरकारमा होल्ड गरिराख्नुपर्थ्यो,’ उनले भने, ‘व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरुको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो ।’

जसपा र नागरिक उन्मुक्ति पार्टीको मागहरू सम्बोधन गरेर सरकारमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले पार्टीले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निस्कर्ष निकालेको बताए । एमालेले गठबन्धन टिकाउने संकल्प गरेको पनि उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved