प्रधानमन्त्री मोदीले गरे अडानीसँगको सम्बन्धको बचाउ

प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अरबपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउने गरेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्री मोदीले गरे अडानीसँगको सम्बन्धको बचाउ

एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गरेका छन् ।

गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमाएका छन्  ।

प्रधानमन्त्रीको भारतीय जनता पार्टी र मोदीको राजनीतिक विरोधीहरूले अडानीको तीव्र उदयलाई उक्साउन प्रधानमन्त्रीको हात रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अरबपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउने गरेका छन् ।

मोदीले अडानी समूहमाथिको सम्बन्धबारे संसदमा केही नबोलेपनि आफुमाथि लागेका आरोपहरूबारे भारतीय जनताले बुझेको बताए । उनले सरकारले निष्ठाका साथ काम गरेको बताए ।

प्रधानमन्त्री मोदीले भने, ‘जनतालाई थाहा छ कि सङ्कटको समयमा मोदी उनीहरूको सहयोगका लागि आएका छन्, उनीहरू तपाईंको गाली र आरोपसँग कसरी सहमत हुनेछन्? लाखौं मानिसहरूको विश्वास मेरो सुरक्षा कवच हो । यसलाई तपाईंको दुब्र्यवहार र आरोपले तोड्न सकिंदैन ।’

विपक्षी भारतीय काङ्ग्रेसका नेता गान्धीले हालै मोदीसँग अडानीको घनिष्ठ सम्बन्धका कारण ‘उहाँको व्यवसायको व्यापक विकास र विस्तार’ भएको बताएका थिए ।

‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भन्दै उनले ‘निर्लज्ज स्टक हेरफेर र लेखा धोखाधडी योजना’मार्फत् व्यापकरूपमा आर्थिक लाभ लिने गरेको आरोप हिन्डेनबर्गले अडानीलाई लगाएको थियो । अडानीले आफ्नो एकाईको शेयर मूल्यमा कृत्रिम रुपमा वृद्धि गरेको र ‘अफशोर ट्याक्स हेभन’मार्फत स्टकमा पैसा जम्मा गरेको इन्भेस्टमेन्ट ग्रुपले जनाएको छ ।

६० वर्षीय अडानी गत महिनासम्म एसियाका सबैभन्दा धनी व्यक्ति थिए तर शेयर बजारको उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा नाटकीय प्रभाव पारेको छ । उतारचढावसँगै फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा उहाँ तेस्रोबाट १७ औं स्थानमा झरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved