राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : अध्यक्ष बिजुक्छे

नेपालभ्युज

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताए । अध्यक्ष बिजुक्छेले नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागू रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था देखियो ।

जनतालाई राजनैतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागू गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved