राष्ट्रपति चुनावपछि मात्रै चितवन–२ मा उपनिर्वाचन

नागरिकता विवादमा अदालतको फैसलाबाट रवि लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन गर्नुपरेको हो । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

नेपालभ्युज

राष्ट्रपति चुनावपछि मात्रै चितवन–२ मा उपनिर्वाचन

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै चितवन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गर्न सकिने बताएका छन् । अहिले चितवन २ सांसदविहीन छ ।

नागरिकता विवादमा अदालतको फैसलाबाट रवि लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन गर्नुपरेको हो । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक गर्नका लागि आयोगले केही दिनमै मिति तोकेर काम अघि बढाउने तयारी गरेको छ ।

पद गुमेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार ३ सय १४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत र तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६२ मत पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved