देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहितको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहितको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेतामा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा हुन नसक्ने दाबीसहितको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश दिएको छ ।

गत बिहीबार अधिवक्ता विमलप्रसाद पोखरेलले पेश गरेको रिट अदालत प्रशासनले संसदीय काम कारबाहीको विषय न्यायिक परीक्षण हुन नसक्ने भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्वीकार) गरेको थियो ।

दरपीठ आदेशविरुद्ध परेको निवेदनमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्नु भनी आदेश दिएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएकाले उसको संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको मान्यता दिन नहुने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतले बुधबारका लागि निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

रिट निवेदनमा देउवाका साथै संघीय संसद सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved