अस्ट्रेलियाका कप्तान फिन्चद्धारा टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा

नेपालभ्युज

अस्ट्रेलियाका कप्तान फिन्चद्धारा टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा

एजेन्सी।अस्ट्रेलियाको टी–२० टोलीका कप्तान आरोन फिन्चले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । करिब एक वर्षअघि उनले एकदिवसीय क्रिकेट छोड्ने निर्णय गरेका थिए ।

त्यसयता उनले टी–२० क्रिकेटबाट पनि सन्यास लिन सक्ने अनुमान गरिएको थियो । यद्यपी उनले आईपीएल र बीबीएल जस्ता प्रतियोगितामा भने भाग लिनेछन् ।

क्रिकेट जगतसँग सम्बन्धित समाचार उपलब्ध गराउने वेबसाइट क्रिक बजका अनुसार आरोन फिन्चले मंगलबार मेलबर्न क्रिकेट मैदानमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म सन् २०२४ मा हुने अर्को टी–२० क्रिकेट विश्वकप खेल्न नसक्ने महसुस गरेको छु, त्यसैले  मेरो टिमले समयमै अर्को विश्वकपका लागि तयार गर्न सकोस् भनेर आफ्नो पद छोड्ने यो उपयुक्त समय हो ।’

सन् २०२१ को टी–२० क्रिकेट विश्वकपमा फिन्चले अष्ट्रेलियाको नेतृत्व गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved