फ्याटी लिभर हुन नदिन के खाने, के नखाने ?

हामीले केही यस्ता खानेकुराको बारेमा बताउनेछौं जसको सेवनले फ्याटी लिवरको समस्या हुनेछैन । केही खानपान अपनाउँदा र केही त्याग गर्दा लिवर सधै स्वस्थ रहन सक्छ ।

नेपालभ्युज

फ्याटी लिभर हुन नदिन के खाने, के नखाने ?

एजेन्सी । फ्याटी लिवरको समस्याबाट बाहिर आउन तपाईंले कम बोसो भएको र फाइबर तथा प्रोटिन भएको खानेकुरा खानुपर्ने हुन्छ । रक्सीको अत्यधिक सेवनले पनि तपाईंको लिभर यानिकी कलेजोमा बोसो जम्छ ।

आज हामीले केही यस्ता खानेकुराको बारेमा बताउनेछौं जसको सेवनले फ्याटी लिवरको समस्या हुनेछैन । केही खानपान अपनाउँदा र केही त्याग गर्दा लिवर सधै स्वस्थ रहन सक्छ ।

लिवरको स्वास्थ्यलाई बलियो बनाउने खानेकुरा

ओट्स : ओट्समा डायट्री फाइबर पाइन्छ । ओट्स खानाले तपाईंको पेट धेरैबेर सम्म भरिएको हुन्छ । यसमा कम फ्याट र फाइबर धेरै हुने भएकाले शरीरको तौल कम गर्न पनि मद्दत मिल्छ ।

एवोकाडो : एवोकाडोमा अनस्याचुरेटेड फ्याट पाइन्छ । यसबाहेक यो ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत मानिन्छ । यसलाई सेवन गर्नाले फ्याटी लिवरको समस्याबाट छुट्कारा पाउन सकिन्छ र ड्यामेज हुँदै गरेको लिवरलाई समेत राम्रो गराउन मद्दत गर्छ ।

तोफू : तोफू सोयाले बनेको हुन्छ त्यसैले यो पनि लिवरका लागि राम्रो मानिन्छ । यसले लिवरमा जमेको बोसोलाई कम गर्ने काम गर्छ । यो प्रोटिनको एक राम्रो स्रोत पनि हो ।

फलफूल : नियमित सही मात्रामा फलफूलको सेवनले पनि लिवरमा बोसो जम्ने समस्या आउन दिँदैन । सुन्तला तथा अंगुर जस्ता अमिला फल लिवरका लागि राम्रो मानिन्छ ।

सुन्तलामा पाइने भिटामिन सी ले शरीरमा बोसो जम्न दिँदैन । अंगुरमा पाइने एन्टीअक्सीडेन्टले पनि लिवरलाई सुरक्षित राख्छ । यस्तै अन्य फलफूलको पनि सही मात्रामा सेवन गर्न सकिन्छ ।

तरकारी : आफ्नो खानामा हरियो तरकारी सामेल गर्नाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले पुरानो रोगलाई रोक्ने काम पनि गर्छ । खासगरी हरियो तरकारी तथा साग लिवरको स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

लसुन : फ्याटी लिवरको समस्याबाट मुक्ति पाउन लसुन एकदमै फाइदाजनक सावित हुन सक्छ । यसबाहेक लसुन तौल कम गर्नका लागि पनि राम्रो मानिन्छ ।

स्वस्थ लिवरका लागि यी चीजबाट टाढा रहने

चीनी : चीनी तपाईंको दाँतका लागि मात्र नभएर लिवरका लागि पनि एकदमै खराब चिज हो । धेरै प्रसोधित चीनी सेवन गर्नाले बोसो बढ्न सक्छ । जसका कारण लिवरको विमारी पनि बढ्न सक्छ ।

यदी तपाईंको तौल कम नै छ भने पनि धेरै चीनीको सेवन गर्नाले लिवरमा फ्याट जम्ने सम्भावना बढी हुन्छ ।

भिटामिन ए सप्लीमेन्ट : हाम्रो शरीरका लागि भिटामिन ए एकदमै जरुरी छ । जसलाई पूर्ति गर्नाका लागि तपाईंले रातो, पहेंलो जस्ता रंगीविरंगी फल तथा तरकारीको सेवन गर्न सक्नुहुन्छ ।

यदि तपाईंले भिटामिन ए को सप्लीमेन्ट धेरै लिने गर्नुभएको छ भने लिवरको लागि हानिकारक हुन सक्छ । भिटामिन ए सप्लीमेन्ट लिनपूर्व डाक्टरको सल्लाह लिन नभुल्नुहोला ।

सफ्ट ड्रिंक्स : अध्ययनले पुष्टि गरिसकेको छ जो व्यक्ति चिसो पेय पदार्थ धेरै पिउँछन् उनीहरुमा नन अल्कोहलिक फ्याटी लिवर डिजिज पाइएको छ । आफ्नो भोजनमा सोडाको कम सेवन गर्नाले लिवर सुरक्षित रहन्छ । यस्ता पेय पदार्थको ठाउँमा तपाईं ताजा फलफूलको रस पिउन सक्नुहुन्छ ।

रक्सी : रक्सीको सेवन त सिधै लिवरकै स्वास्थ्यसँग जोडिएको छ । धेरै रक्सी सेवन गर्नाले नै फ्याटी लिवरको समस्या अत्यधिक देखिने गर्दछ । त्यसैले रक्सी नपिएर तपाईं बाँच्नै सक्नुहुन्न जस्तो लाग्छ भने एकदमै कम मात्रामा पिउने गरौं ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved