एकीकृत समाजवादीभित्र कुनै मतभेद नरहेको माधव नेपालको जिकिर

नेपालभ्युज

एकीकृत समाजवादीभित्र कुनै मतभेद नरहेको माधव नेपालको जिकिर
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् ।

आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उनको भनाई थियो ।  ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो,’ उनले भने, ‘पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिष्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरु हुन् ।’

 अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved