महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस

नेपालभ्युज

महाधिवेशनको तयारीमा जुट्यो नेकपा एस

काठमाडौं ।  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।

सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताए ।

‘संगठनलाई सुदृढीकरण गर्न जेठ महिनासम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई कार्ययोजना दिएर पठाएका छौं,’ प्रवक्ता खतिवडाले भने, ‘सुरुमा स्थानीय कमिटीले, जिल्लाले फागुनसम्म र जेठ महिनासम्म प्रदेश कमिटीहरुले आफ्नो कमिटी गठन पुनर्गठन गरिसक्नेछन् ।’

पार्टीले आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved